बङ्गलादेशमा सन् २०२५ मा आम निर्वाचन हुने सरकारी अधिकारीको भनाइ
barnanmedia.com · Sun Oct 20 21:59:59 UTC 2024

बङ्गलादेशको अन्तरिम सरकारका एक सल्लाहकारले सन् २०२५ मा आम निर्वाचन हुने प्रवल सम्भावना रहेको बताउनुभएको छ ।
अन्तरिम सरकारका सल्लाहकार डा. आसिफ नजरुलले शनिबार जारी एक विज्ञप्तिमा भन्नुभएको छ, “अर्को वर्ष निर्वाचन सम्भव होला, तर यसमा धेरै कुरा छन् । सुधार र राजनीतिक सम्झौताले चुनावी वातावरण बनाउँछ । चुनाव गर्नका लागि निर्वाचन आयोग गठन, मतदाता नामावली तयार गर्नेलगायतका काम पनि आवश्यक छ आदि हुन् । यदि यी कुराहरू पूरा गर्न सकियो भने अर्को वर्ष चुनाव हुन सक्छ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)