रूसको विजयले अराजकता ल्याउनेछ : फ्रान्सेली विदेशमन्त्री
barnanmedia.com · Sun Oct 20 22:15:59 UTC 2024

रूसले युक्रेनलाई युद्धभूमिमा पराजित गरेमा त्यसले अन्तर्राष्ट्रिय प्रणालीमा ‘अराजकता’ छाउने चेतावनी फ्रान्सका विदेशमन्त्री ज्याँ नोएल बारोटले शनिबार किएभ भ्रमणका क्रममा बताउनुभएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसलाई परास्त गर्न आफ्नो ‘विजय योजना’ सार्वजनिक गरेको केही दिनपछि उहाँको यो भ्रमण भएको हो । युक्रेनी समकक्षी एन्ड्री सिबिगासँग कुरा गर्दै ब्यारोटले भन्नुभयो “रूसको विजयले ‘जसको शक्ति उसको भक्ति’ भन्ने कानूनी आधारलाई प्रवेश गराउने र अन्तर्राष्ट्रिय व्यवस्थालाई अराजकतातर्फ धकेल्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)