नुनथर जिपलाइन सञ्चालनबारे प्रशासनद्वारा अनुसन्धान सुरु
gorkhapatraonline.com · Tue May 26 03:28:57 GMT 2026

रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरमा अवैध रूपमा सञ्चालन भएको जिपलाइनबारे जिल्ला प्रशासन कार्यालय रौतहटले अनुसन्धान थालेको छ । पर्यटन विभागले जिल्ला प्रशासन कार्यालय रौतहटलाई पत्राचार गर्दै आभी एडभेन्चर प्रालिले जिपलाइन सञ्चालन गरेको तर विभागबाट कानुनअनुसारको इजाजतपत्र नलिएको देखिएकाले तत्काल सञ्चालन बन्द गरी आवश्यक कानुनी कारबाही अघि बढाउन निर्देशन दिएको थियो । सोही निर्देशनपछि जिपलाइन बन्द गराइएको र अनुसन्धान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिनुभयो ।
पर्यटन विभागका शाखा अधिकृत सुधा रेग्मीले अवैध रूपमा जिपलाइन सञ्चालन भएको सूचना प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)