सुदूरपश्चिम प्रदेशसभामा बडघर प्रथा र विश्वविद्यालयसम्बन्धी विधेयक पेस
ratopati.com · Tue May 26 03:32:08 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको सोमबारको बैठकमा दुई महत्त्वपूर्ण विधेयक पेस गरिएका छन्। सामाजिक विकासमन्त्री मेघराज खड्काले ‘सुदूरपश्चिम प्रदेश बडघर तथा भलमन्सा प्रथाको संरक्षण तथा व्यवस्था गर्न बनेको विधेयक’ र ‘टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालयसम्बन्धी विधेयक’ टेबुल गरेका हुन्।
पश्चिम तराईका थारु समुदायमा सदियौँदेखि प्रचलनमा रहेको बडघर तथा भलमन्सा प्रथालाई कानुनी मान्यता दिन सरकारले यो विधेयक ल्याएको हो। बैठकको शून्य समयमा सांसदहरूले बाजुरा र हुम्लाको सीमा विवादका क्रममा भएको कुटपिट तथा दार्चुलाका शिक्षक बलदेव धामीको आत्महत्या प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)