सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ
gorkhapatraonline.com · Tue May 26 03:41:08 GMT 2026

सर्लाहीको बरहथवा नगरपालिका–१२, लौकठबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागमती नगरपालिका–२, सुकुम्वासी बस्ती बस्ने ३८ वर्षीय वुद्धीमान घलान रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । तीन/चार जना अपरिचित मानिसहरु भरुवा बन्दुकसहित हिँडिरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय हीरापुर र बरहथवाबाट खटिएको प्रहरी टोलीले घलानलाई पक्राउ गरेको हो ।
अन्य मानिस भने फरार भएका छन् । घलानलाई भरुवा बन्दुक एक थान, सोही बन्दुकमा जडान गरिएको फलामको रड एक थान, प्लाष्टिकको डब्बासहित कालो रङ्गको धुलो पदार्थ ३५ ग्राम, स्टिलको डब्बासहित कालो रङ्गकोको धुलो पदार्थ १४० ग्राम, साइकलमा प्रयोग हुने फलामको बल ८० थान र फलामको रडको टुक्रा पाँच थान बरामद भएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
नेपाल प्रहरी