लुम्बिनी प्रदेशमा विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइने
gorkhapatraonline.com · Tue May 26 03:38:36 GMT 2026

लुम्बिनी प्रदेशमा गणतन्त्र दिवस विभिन्न कार्यक्रमका साथ मनाइने भएको छ । दिवसलाई भव्य र मर्यादित रूपमा सम्पन्न गर्न मुख्यमन्त्री चेतनारायण आचार्यको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार गणतन्त्र दिवसको अवसरमा जेठ १४ गते बेलुका प्रदेश मन्त्रालय, मातहतका कार्यालय तथा विभिन्न सरकारी निकायमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिनेछ । त्यसैदिन बिहान प्रदेश प्रशासनिक केन्द्र परिसरमा सरसफाइ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)