सडक विस्तारको काम सुरु
gorkhapatraonline.com · Tue May 26 03:39:08 GMT 2026

होली त्यसपछि चुनाव अनि स्थानीयको अवरुद्धका कारण स्थगित रहेको मोरङको पथरी शनिश्चरे–१ को बजार खण्डको सडक विस्तारको काम सुचारु भएको छ ।
पूर्वपश्चिम राजमार्ग विस्तार योजना कार्यालय इटहरी, स्थानीय सरोकारवाला उपभोक्ता र निर्माण कम्पनीबिच शनिबार पथरी बजार खण्डको सडक पूर्ण सहरी मापदण्ड अनुसार ५० मिटरको बनाउने लिखित सहमति भएपछि काम सुचारु भएको हो । एसियाली विकास बैङ्कको सहयोगमा निर्माण भइरहेको महेन्द्र राजमार्ग निर्माण गर्नुअघि सरकार, दातृ निकाय र स्थानीय सरोकारवालाबिच ग्रामीण तथा जङ्गल क्षेत्रमा २४ मिटर, अर्धसहरी क्षेत्रमा ३३ मिटर र सहरी क्षेत्रमा ५० मिटर चौडाइको सडक निर्माण गर्ने सहमति भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)