मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चिलीमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प

annapurnapost.com · Tue May 26 03:39:46 GMT 2026

काठमाडौं : चिलीमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण संस्थाले टाकामा मरुभूमि क्षेत्रमा पर्ने कालामा सहरबाट करिब ३१ किलोमिटर टाढा र जमिनबाट झण्डै १०० किलोमिटर गहिराइमा गएको जनाएको छ।

भूकम्पबाट हालसम्म कुनै मानवीय क्षति वा ठूलो भौतिक क्षतिको विवरण प्राप्त नभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। केही स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएपछि आफ्ना केही गतिविधि रोकिएको जनाएको छ। केही स्थानमा खानेपानी आपूर्तिमा पनि समस्या देखिएको थियो। तर, अन्य मुख्य पूर्वाधारमा भने ठूलो असर परेको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)

सम्बन्धित विषय