किसानले रोके उत्खनन
ekantipur.com · Wed Mar 31 16:21:38 GMT 2021
गोरखा — लगातारको उत्खननले दरौंदी नदीको सतह गहिरिएर कुलोमा पानी नचढेपछि बेनीखोला–बोहोराबेंसी क्षेत्रका किसान आन्दोलित भएका छन् । दुई दिनयता दरौंदी बगरमा भेला भएका स्थानीयले ढुवानीका सवारीसाधन उत्खनन स्थलमा जान दिएका छैनन् ।
बुधबार मात्रै ३० भन्दा बढी टिपरलाई फर्काइदिएको र ८ वटा एक्स्काभेटरलाई उत्खनन गर्न नदिएको गोरखा नगरपालिका–५ का कृष्णजी थापाले बताए । ‘दुई दिनदेखि दिनभर बगरमै छौं,’ उनले भने, ‘परम्परागत कुलोलाई असर पुग्ने गरी नदीजन्य पदार्थ झिक्नुभएन भन्नेमात्र हाम्रो माग हो ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)