हतियारसहित व्यापारी पक्राउ
hamrakura.com · Tue Jul 05 00:00:00 GMT 2022
सर्लाही । सर्लाहीको हरिवन नगरपालिका-११ मा प्रहरीले पेस्तोल र गोलीसहित एक व्यापारीलाई पक्राउ गरेको छ । पेस्तोल र गोलीसहित हरिवन-११ का ४३ वर्षीय छोटेलाल दास पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरीक्षक मुकेश ताम्राकारका अनुसार दासको साथबाट एक थान पेस्तोल र एक राउण्ड गोली बरामद गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)