लमजुङ दरबारको पुनर्निर्माण सुरु
gorkhapatraonline.com · Tue May 26 03:52:06 GMT 2026

निर्माण अलपत्र परेको १५ महिनापछि लमजुङ दरबारको पुनर्निर्माण अघि बढेको छ । विसं २०८१ माघदेखि निर्माण ठप्प रहँदै आएको गाउँसहरस्थित लमजुङ दरबारको पुननिर्माण अघि बढेको हो ।
पुरातत्व विभागका इन्जिनियर गोविन्द अधिकारीले बजेट अभाव, टेन्डर आह्वानलगायतका कारण दरबारको काम ठप्प रहँदै आए पनि पुनर्निर्माण अघि बढेको बताउनुभयो । उहाँका अनुसार ए वान कम्पनी काठमाडौँले करिब ४२ लाख रुपियाँमा ठेक्का सम्झौता गरेर काम सुरु गरेको छ । अहिले दरबारमा रहेका पुराना र नयाँ काठ छुट्याउने, निर्माण गरेको केही पर्खाल निर्माण गर्नेलगायतको कार्य भइरहेको पुरातत्व विभागले जनाएको छ । सम्झौता अनुसार यही जेठ १५ सम्म काम सम्पन्न गरिसक्नुपर्ने छ । सो समयमा काम सम्पन्न नगरेमा हर्जना तिर्नुपर्ने प्रावधान राखिएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)