घरमै राहदानी पाउँदा समय र खर्च दुवैको बचत
gorkhapatraonline.com · Tue May 26 03:58:24 GMT 2026

कालीगण्डकी गाउँपालिकाबाट सदरमुकाम तम्घासमा राहदानी बनाउन र लिन जाँदा झण्डै १० हजार रुपियाँ खर्च हुने गर्दथ्यो । तर नेपाल सरकारले हुलाकमार्फत घरमै राहदानी पठाउने व्यवस्था गरेपछि करिब पाँच हजार रुपियाँ तथा समय दुवै बचत भएको सेवाग्राहीहरूले बताएका छन् ।
सदरमुकाम तम्घासबाट भौगोलिक रूपमा विकट रहेको यस क्षेत्रमा नियमित सवारीसाधन नचल्ने र बीचबाटोमा गाडी फेर्नुपर्ने भएकाले बढी समय र खर्च लाग्ने गरेको छ । कालीगण्डकी गाउँपालिका–७ भुर्तुङका कमला लुइटेलसहित १६ जनाको राहदानी हुलाकमार्फत घरमै प्राप्त भएपछि ठुलो राहत मिलेको उनीहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)