हतियारसहित एक पक्राउ
annapurnapost.com · Tue May 26 03:50:18 GMT 2026

सर्लाही : सर्लाहीमा अवैध हातहतियारसहित एक जना पक्राउ परेका छ्न्। बागमती नगरपालिका – २ सुकुम्बासी टोल निवासी ३८ वर्षीय बुद्धिमान घलान बन्दुकसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
बरहथवा नगरपालिका – १२ लौकट गाउँबाट उनलाई एकनाले भरूवा बन्दुक १ थान, करिब १ सय ग्राम बारूद र फलामको छर्रा ८० थानसहित पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)