सरकार तलब वृद्धि गर्ने अन्तिम गृहकार्यमा
canadanepal.com · Tue May 26 04:03:46 GMT 2026

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि सरकारी कर्मचारीको तलब वृद्धि गर्ने तयारी थालेको छ। तीन वर्षदेखि तलब नबढ्दा महँगीको असर बढेको भन्दै सरकारले कर्मचारीलाई राहत दिने गरी आन्तरिक छलफल अघि बढाएको हो।
निजामती सेवा ऐनअनुसार कर्मचारीको तलब तथा भत्ता प्रत्येक दुई वर्षमा पुनरावलोकन गर्नुपर्ने व्यवस्था भए पनि पछिल्ला तीन वर्षमा तलब समायोजन गरिएको छैन। यसअघि आर्थिक वर्ष २०७९/८० मा कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरिएको थियो। चालु आर्थिक वर्षमा भने महँगी भत्ता तीन हजारबाट बढाएर पाँच हजार रुपैयाँ पुर्याइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)