मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

९ खेलाडीमा सीमित कतारविरुद्ध क्यानाडाको गोल वर्षा

lokaantar.com

फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'बी' को रोमाञ्चक खेलमा आयोजक क्यानाडाले कतारमाथि पूर्ण दबदबा कायम गरेको छ । भ्याङ्कुभरस्थित बिसी प्लेस रंगशालामा जारी खेलको ६५ मिनेट समाप्त हुँदासम्म क्यानाडाले ४–० को फराकिलो अग्रता बनाएको छ ।

खेलको सुरुवातदेखि नै आक्रामक देखिएको क्यानाडाका लागि १६ औं मिनेटमा साइल लारिनले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि स्टार स्ट्राइकर जोनाथन डेभिडले २९ औं मिनेट र पहिलो हाफको इन्जुरी समयमा दुई सानदार गोल गर्दै पहिलो हाफमै क्यानाडालाई ३–० को स्थितिमा पुर्‍याए । खेलको ६४ औं मिनेटमा नाथन सालिबाले चौथो गोल थपेका छन् ।

कतारका लागि यो खेल अनुशासनको दृष्टिकोणले निकै खराब सावित भएको छ । ३३ औं मिनेटमा होमाम एल अमिनले रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए भने ५३ औं मिनेटमा असिम माडिबोले पनि रातो कार्ड पाएपछि कतार ९ खेलाडीमा सीमित हुन पुग्यो ।

विश्वकपको इतिहासमा एउटै खेलमा दुईवटा रातो कार्ड पाउने कतार पहिलो एसियाली टोली बनेको छ ।

जितको नजिक पुगे पनि क्यानाडाका लागि एउटा दुखद पक्ष इस्माइल कोनेको चोट बनेको छ । कतारका असिम माडिबोको फलका कारण कोने गम्भीर घाइते भएका छन् । उनलाई मैदानमा प्राथमिक उपचारपछि स्ट्रेचरमा हालेर बाहिर लगिएको छ ।

यस समूहमा क्यानाडा र कतारसँगै स्विजरल्याण्ड र बोस्निया-हर्जगोभिना रहेका छन् । यो जितसँगै क्यानाडा ४ अंकका साथ अघिल्लो चरण प्रवेशको बलियो सम्भावना बनाउने दाउमा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)

सम्बन्धित विषय