सरकारले डेढ दर्जनभन्दा बढी प्रकार कर उठाउदै
kendrabindu.com · Tue May 26 04:16:36 GMT 2026

काठमाडौं । सरकारले डेढ दर्जनभन्दा बढी प्रकारका कर असुली गर्दै आए पनि पछिल्लो समय सरकारी ढुकुटी निरन्तर घाटामा रहँदै आएको छ । सर्वसाधारणले पाउने सेवा सुविधा पनि न्यून छ । आयमा ३९ प्रतिशतसम्म कर लाग्दा सर्वसाधारणले उपभोग गर्ने प्राथमिक कृषि उत्पादन, औषधि र छुट दिइएका बाहेक अन्य सबै वस्तु तथा सेवामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्ने गरेको छ।
हाल संघीय सरकारले व्यक्तिगत एवं संस्थागत आयकर, मूल्य अभिवृद्धि कर (भ्याट), भन्सार महसुल, अन्तःशुल्क संकलन गर्दै आएको छ । यसैगरी सेवा र वस्तु उपभोगका आधारमा कर र गैरकर गरी वैदेशिक रोजगारमा सेवा कर, शिक्षा सेवा कर, पूर्वाधार विकास कर, सडक मर्मत सुधार कर, प्रदूषण नियन्त्रण कर, टेलिफोन सेवा शुल्क, विलासिता शुल्क, डिजिटल सेवा कर, क्यासिनो रोयल्टी, सिनेमा विकास कर, स्वास्थ्य जोखिम कर, हरित कर, सडक निर्माण दस्तुरलगायत शीर्षकमा सरकारले राजस्व संकलन गर्दै आएको छ। यसबाहेक प्रदेश र स्थानीय तहको क्षेत्राधिकारभित्र रहेको कर पनि जोड्दा यस्ता कर र शुल्कको संख्या धेरै हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ
स्वर्णिम वाग्ले