खाली घरटहरामा महानगरले चलायो डोजर
rajdhanidaily.com · Thu Jun 18 23:30:00 GMT 2026

पोखरा । पोखरा महानगरपालिकाले पोखरा–९, बसपार्कमा अतिक्रमित घरटहरा भत्काउन सुरु गरेको छ । बिहीबार महानगरले ३ वटा डोजर प्रयोग गरी पृथ्वी राजमार्ग मूल सडकसँग जोडिएका तथा दक्षिणतर्फका घरटहरा भत्काएको हो । राजमार्गसँग जोडिएका करिब ४५ तथा दक्षिणतर्फका करिब एक सय घरटहरा डोजर लगाएर भत्काइएको हो ।
महानगरले त्यस क्षेत्रमा घरटहरा खाली गर्न यसअघि नै सार्वजनिक सूचना जारी गरेकामा अधिकांशले खाली गराइसकेका थिए । घरटहरा खाली भइसकेपछि मात्र महानगरले डोजर चलाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)
धनराज आचार्य
पोखरा महानगरपालिका