मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सांसदको सङ्ख्या घटाउने आयोगको सुझावमा प्रस्टीकरण माग

gorkhapatraonline.com · Thu Jun 18 23:44:16 GMT 2026

संसदीय समितिले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने कार्यदललाई निर्वाचन आयोगले दिएको सुझावको आधारबारे प्रस्टीकरण मागेको छ । आयोगले खर्चको हिसाबले मितव्ययी हुने भनेर सांसदको सङ्ख्या घटाउने सुझाव दिएको जवाफ दिएको छ ।

राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले ‘आगामी स्थानीय निर्वाचनको पूर्वतयारी सम्बन्धमा’ छलफल गर्न बिहीबार निर्वाचन आयोगका पदाधिकारीलाई बोलाएको थियो । छलफलमा सहभागी विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले “एउटा जिल्लामा एउटा निर्वाचन क्षेत्र रहने गरी संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदललाई आयोगले दिएको सुझावको वैज्ञानिक आधार के हो ?” सम्बन्धमा आयोगका पदाधिकारीसमक्ष जिज्ञासा राखेको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय