विद्युतीय प्रणालीबाट मात्र नक्सा स्वीकृत गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन
nepalkhabar.com · Mon Jan 06 17:22:16 GMT 2025

काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले भवन नक्सा स्वीकृत गर्ने प्रणालीलाई विद्युतीय माध्यमबाट मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउन सहरी व्यवस्थापन विभागलाई निर्देशन दिएकी छन्।
कार्यवाहक प्रमुख डंगोलले आज (सोमबार) आफ्नै कार्यकक्षमा विभागका प्रमुख हरिश्चन्द्र लामिछानेसहित अधिकारीहरूसँग भवन निर्माणको गति, नक्सा स्वीकृत गर्ने प्रणाली, निर्माण सम्पन्नताको प्रमाण पत्र जारी, निर्णायकहरूबाट हुने भवन नक्सा स्वीकृतिको प्रक्रियाका बारेमा जानकारी लिँदै भवनको नक्सा स्वीकृत गर्ने प्रणालीबाट हार्ड कपीसहितको फाइल विस्थापन गर्न निर्देशन दिएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)