मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

निराशा जगाउने खबर

ekantipur.com · Thu Feb 29 23:48:01 GMT 2024

आजकल अखबार पढ्दा नेपालमा धेरै विकृति देखा पर्न थालेको भान हुन्छ । दुध किसानलाई भुक्तानी दिइएन, दूध सडकमा पोखियो, बैंकको सीईओलाई कारबाही गर्दा बैंकर संघको विरोध, कर्मचारीलाई कारबाही गर्दा ट्रेड युनियनको विरोध, नेतालाई थुन्दा पार्टीको विरोधजस्ता समाचार आइरहेका छन् ।

के अब कसैलाई अनुसन्धान नै गर्न नमिल्ने भइसक्यो ? हो भने, विकृति हेरेर बस्नुपर्ने भएको हो ? सीईओलाई समाते बैंकर संघ बोल्ने, कर्मचारीलाई छोए ट्रेड युनियन बोल्ने, व्यवसायीलाई छोए वाणिज्य संघले विरोध गर्ने, यो कस्तो विडम्बना हो ? कारबाही नगरे सरकार नालायक देखिन्छ, कारबाही गर्दा विरोध सुरु हुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)