जनार्दनको विषयमा प्रचण्डको ९ मिनेट : हिजोको तिक्तताको स्थिति अब अन्त्य हुन्छ !
ratopati.com · Mon Jan 06 17:47:00 GMT 2025

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपमहासचिव जनार्दन शर्माले यसअघि राखेको लिखित ‘मत’को विषय केन्द्रीय समिति बैठकमा राखेका छन् । शर्माको मतको सन्दर्भमा प्रचण्डले सोमबार करिब ९ मिनेट लामो आफ्नो धारणा राखेको बैठकमा सहभागी एक प्रदेश कमिटी अध्यक्षले रातोपाटीलाई जानकारी दिए ।
पार्टीको गत साउनमा बसेको स्थायी समिति बैठकमा शर्माले फरक मतका रूपमा आफ्नो लिखित प्रस्ताव राखेका थिए । ‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ शीर्षकमा शर्माले ल्याएको लिखित प्रस्तावमा यही अवस्थाबाट पार्टी बन्न नसक्ने र नेतृत्वको विकल्प नै खोज्नुपर्ने मत अघि सारेका थिए । यस्तै पार्टीको चुनाव चिह्न समेत फेर्नुपर्ने तथा पार्टी निर्माणका सन्दर्भमा १६ बुँदे योजना समेत ल्याएका थिए । उनले मूल नेतृत्वले नै जनार्दनले पार्टी फुटाउन लागेको भनेर गलत प्रचार गरेको समेत उक्त मतमा उल्लेख गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)