सुत्केरी मृत्यु प्रकरण: उच्चस्तरीय छानबिन समिति गठन हुने
gorkhapatraonline.com · Tue May 26 04:23:20 GMT 2026

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत सुत्केरी महिलाको मृत्युपछि आइतबार उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । शनिबार मधेश प्रदेश सरकार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री जङ्गी लाल रायको अध्यक्षतामा भएको छलफलपछि सात दिनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गर्ने निर्णय गरिएको प्रादेशिक अस्पताल जनकपुरधामका प्रवक्ता डा. रामज्ञान यादवले विज्ञप्ति जारी जानकारी दिनुभएको छ । निर्णय भएको दुई दिन हुँदा पनि समितिले पूर्णता पाएको छैन ।
मधेश प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य तथा नीति तर्जुमा महाशाखा प्रमुख डा. विपिनकुमार झाले उच्च स्तरीय छानबिन समितिको संयोजन डा. इन्द्रजित रजकलाई जानकारी दिएको र बाँकी सदस्यका बारेमा छलफल भइरहेको बताउनुभयो । प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका व्रmममा २६ वर्षीय सुत्केरी अन्जिना यादवको मृत्युभएको थियो । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१२ बस्ने राधेश्याम यादवकी पत्नी सुत्केरी अन्जिना यादवको सघन कक्षमा उपचारका व्रmममा मृत्यु भएपछि परिवारजनले अस्पतालका चिकित्सकको लापर्बाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)