सुविधाले बढायो कोषप्रतिको आकर्षण
gorkhapatraonline.com · Fri Jun 19 00:01:08 GMT 2026

सामाजिक सुरक्षा कोषले सेवासुविधा बढाउँदै लगेपछि आबद्ध हुने रोजगारदाता र योगदानकर्ताको सङ्ख्या बढ्दै गएको छ । सरकारले २०७४ सालदेखि कोषको अवधारण ल्याएर स्वदेश तथा विदेशमा बस्ने औचारिक र अनौपचारिक क्षेत्रका सबै श्रमिकलाई आबद्ध गराउने नीति लिएको थियो । सबै श्रमिकलाई कोषमा आबद्ध गराई आर्थिक, सामाजिक जोखिमको न्यूनीकरण गर्ने, सर्वव्यापी सामाजिक सुरक्षाको अवधारणालाई मूर्तरूप दिन योगदानमा आधारित सामाजिक सुरक्षाको अवधारणा ल्याएको हो ।
सामाजिक सुरक्षा कोषका निर्देशक दिनेशकुमार कोइरालाले अहिले दैनिक २०/२५ संस्था र एक हजार जना योगदानकर्ता आबद्ध हुन आउने गरेको जानकारी दिनुभयो । “श्रमिकसहित आश्रित परिवारलाई आर्थिकसहित स्वास्थ्य उपचारलगायत सहुलियत पाउने सुविधा छ । पछिल्लो समय घरजग्गा सापटी ऋण लिन पाउने व्यवस्था भएपछि धेरै लाभान्वित हुन सक्ने देखिन्छ,” उहाँले भन्नुभयो, “दीर्घकालीन रूपमा स्रोत परिचालन गरेर व्यवस्थित बनाउन चुनौती छ । त्यसमा काम भइरहेका छन् ।” कोषले २०८३ वैशाखमा घरजग्गामा ऋणको अवधारणा सार्वजनिक गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)