मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जापानी सहयोगमा बिपी राजमार्ग पुनःनिर्माण सुरु, दुई लेनमा स्तरोन्नति गरिने

corporatenepal.com · Tue May 26 04:26:31 GMT 2026

काठमाडौं । काभ्रेपलाञ्चोकस्थित बिपी राजमार्गको पिप्ले–बर्खेखोला सडकखण्ड पुनःनिर्माणको काम आजदेखि औपचारिक रूपमा सुरु गरिएको छ। जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा अघि बढाइएको परियोजनाको शिलान्यास नेपालका लागि जापानी राजदूत माएदा तोरु र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले संयुक्त रूपमा गरेका हुन्।

सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार जाइका (जापान अन्तरराष्ट्रिय सहयोग नियोग)को सहकार्यमा तीन दशमलव दुई किलोमिटर सडकखण्ड पुनःनिर्माण गरिनेछ । गत वर्षको असोज १२ गते आएको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली क्षेत्रमा करिब ३० किलोमिटर सडकमा ठूलो क्षति पुर्‍याएको थियो। त्यसपछि स्थायी पुनःनिर्माणको प्रक्रिया अघि बढाइएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)

सम्बन्धित विषय