मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काभ्रेमा ११ महिनामा ८ हजार नयाँ नागरिकता, २७ हजारले दिए परिचयपत्र आवेदन

lokaantar.com

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकद्वारा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म आठ हजार ६० नयाँ नागरिकता जारी गरिएको छ । सोही अवधिमा २७ हजारभन्दा बढी जिल्लाका नागरिकले राष्ट्रिय परिचयपत्रका लागि आवेदन गरेको जनाइएको छ ।

कार्यालयद्वारा सार्वजनिक चालु आवको ११ महिनाको कार्यप्रगति विवरण अनुसार हालसम्म २० जनाले आमाको नामबाट नागरिकता लिएका छन् भने नयाँ नागरिकता लिनेभन्दा प्रतिलिपि बनाउनेको सङ्ख्या यस वर्ष पनि अधिक रहेको पाइएको छ । कार्यालयका तथ्याङ्कअनुसार गत साल साउनमा ८४४, भदौमा ५३८, असोजमा ४६२, कात्तिकमा ६८६, मङ्सिरमा ९२९, पुसमा ४२८, माघमा ८६४, फागुनमा ४०१, चैतमा ५१८, वैशाखमा ८३२ र जेठमा एक हजार ५५८ नागरिकता जारी भएको छ । यही अवधिमा नागरिकताको प्रतिलिपि लिनेको सङ्ख्या भने १० हजार ६९ रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)