गोल्छा ग्रुप र इन्स्योरबीच उद्योगकेन्द्रित ‘अप्रेन्टिससिप’ कार्यक्रमका लागि सहकार्य
baahrakhari.com · Mon Dec 23 17:02:37 GMT 2024

काठमाडौं । गोल्छा ग्रुपले इन्स्योर परियोजना (इनह्यान्स स्किल्स फर सस्टेनेबल एन्ड रिवार्डिङ इम्प्लोइमेन्ट) सँग उद्योगकेन्द्रित अप्रेन्टिससिप कार्यक्रम लागु गर्न सहकार्य गरेको छ । गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छा र इन्स्योर परियोजना टोलीका प्रमुख रवीन्द्रबहादुर सिंहबीच सोमबार सम्झौता हस्ताक्षर भएको हो ।
यस कार्यक्रमले शिक्षामा हासिल भएको ज्ञानलाई रोजगारीसँग जोड्ने र युवाहरूलाई बजारमा आवश्यक प्राविधिक सिप प्रदान गर्न लक्ष्य लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)