अमेरिकी डलरको भाउ उकालो लाग्यो, अन्य मुद्राको अवस्था यस्तो छ
deshsanchar.com · Mon Jan 06 22:39:31 GMT 2025

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले तोकेको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ बढ्नुका साथै आज अधिकांश विदेशी मुद्राको भाउ वृद्धि भएको हो ।
अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ तीन पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ६३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ६८ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ३१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ७८ पैसा, बिक्रीदर एक सय ७२ रुपैयाँ ५३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)