धानमा गबारो, कोदोमा खुम्रे कीराको संक्रमण
nepalsamaya.com · Mon Sep 04 17:11:00 GMT 2023
गलेश्वर- म्याग्दीमा लगाइएको धान र कोदो बालीमा गबारो र खुम्रे कीराको संक्रमण देखिन थालेपछि किसान चिन्तित बनेका छन्। जिल्लाको पश्चिमी र उत्तरी क्षेत्रमा लगाइएको धान बालीमा गबारो रोगको संक्रमण देखिएको छ भने कोदो खुम्रे कीराले नष्ट गरेको किसानले बताएका छन्।
धानले गाँज हाल्ने समयमा गबारो कीराको समस्या देखापरेको मालिका गाउँपालिका-४ का किसान रणबहादुर थापाले बताए। उनका अनुसार गबारो रोगले धानको गुबो मर्न थालेपछि किसानले विषादी छर्न थालेका छन्। 'धान रोप्दा र सिँचाइमा धेरै खर्च भइसकेको छ', थापाले भने, 'अझ विषादी पनि खर्चिलो छ।'
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)