मोकुएनाको पेनाल्टी गोलमा दक्षिण अफ्रिकाले चेक गणतन्त्रसँग बराबरी गर्यो
himalpress.com · Fri Jun 19 00:25:36 GMT 2026

काठमाडौँ- दक्षिण अफ्रिकाले जारी फिफा विश्वकपमा चेक गणतन्त्रविरुद्ध बराबरी निकाल्दै महत्त्वपूर्ण एक अंक हासिल गरेको छ। खेलको ८३औँ मिनेटमा टेबोहो मोकुएनाले पेनाल्टीमार्फत गोल गर्दै दक्षिण अफ्रिकालाई १-१ को बराबरी दिलाए।
खेल सुरु भएको ५ मिनेट ७ सेकेन्डमै चेक गणतन्त्रले अग्रता लिएको थियो। मिखाल साडिलेकले सहकर्मीको चतुर पासलाई सदुपयोग गर्दै शक्तिशाली प्रहारमार्फत गोल गरेका थिए। यो हालसम्मको प्रतियोगिताकै सबैभन्दा छिटो गोल बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)
फिफा