विविध कार्यक्रमसहित गणतन्त्र दिवस मनाइने
gorkhapatraonline.com · Tue May 26 04:56:47 GMT 2026

गणतन्त्र दिवस २०८३ को अवसरमा लमजुङमा विविध कार्यक्रम गरी दिवस मनाइने भएको छ । जिल्ला समन्वय समिति लमजुङका प्रमुख एवम् जिल्ला स्तरीय कार्यक्रम आयोजक समितिका संयोजक पूर्णबहादुर गुरुङको अध्यक्षतामा बसेको बैठकले जेठ १४ र १५ गते विविध कार्यक्रमका साथ गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो ।
गणतन्त्र दिवसका अवसरमा जेठ १४ गते घरका छत, बरन्डा र परिसरमा निर्धारित आकारका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने, साँझ दीप प्रज्वलन गर्ने, वृक्षरोपण गर्ने, सञ्चारमाध्यममार्फत गणतन्त्रसम्बन्धी सन्देश प्रचार–प्रसार गर्ने तथा रेडियो संवाद कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)