भारवहन बढी हुँदा चर्कियो सडक
gorkhapatraonline.com · Tue May 26 05:00:28 GMT 2026

विराटनगर महानगरपालिका–१८, बुधनगरमा रहेको एकीकृत जाँचपास चौकी (आइसिपी) स्थित भन्सार विन्दुबाट कोशी राजमार्गसम्मको साढे चार किलोमिटर सडकको कालोपत्रे चर्किएको छ । भन्सार जाँचपास गराएर छुटेका सवारी साढे चार किलोमिटर लिङ्क रोड पार गरेर कोशी राजमार्गमा गुड्छन् । कोशी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिका–१४ देखि उत्तर विराटनगर–३, कञ्चनबारी चोकसम्मको सडकको अवस्था पनि उस्तै छ । सडक बिग्रनुको कारण भने सडकको भारवहन क्षमताभन्दा बढी वजन भएका सवारी नै हुन् ।
राजमार्ग बर्सेनि भत्कन थालेपछि यसको दबाबमा भने डिभिजन सडक कार्यालय विराटनगर पर्ने गरेको छ । कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी प्रभातकिरण राईका अनुसार सडकको उप्किएको कालोपत्रे काटेर टालटुल गर्ने काम भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार रानी–विराटनगर खण्डलाई ‘रिह्याब’ गर्नुपर्ने देखिएकाले सडक विभागसँग ३० करोड माग गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
भन्सार विभाग