मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाको हनुमाननगर कंकालीनी नगर तदर्थ समिति गठन

gorkhapatraonline.com · Tue May 26 05:07:22 GMT 2026

सप्तरीको हनुमाननगर कंकालीनी नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भेलाले पालिका स्तरीय तदर्थ नगर समिति गठन गरेको छ ।

भेलाले पार्टीका कामेश्वरप्रसाद रोहिताको सभापतित्वमा १५ सदस्यीय नगर तदर्थ समिति सर्वसम्मत रूपमा गठन गरेको हो । हनुमाननगर कंकालीनी नगरपालिका–५ स्थित भगवती मन्दिर प्राङ्गणमा सोमबार आयोजित उक्त भेलाले उपसभापतिमा सुशिला यादव, सचिवमा राजेशकुमार देव र सहसचिवमा सवेन्द्रकुमार यादवलाई चयन गरेको छ ।

यस्तै सदस्यहरूमा निर्मला देवी सरदार, संदीप दास, मिथलेश यादव, कृष्णकुमार साह, प्रमेश्वरी देवी सदा, प्रमोद यादव, उपेन्द्र मण्डल, नित्यानन्द यादव, गुलेसा खातुन, प्रमोदकुमार मण्डल र जसवन्त जैनलाई चयन गरिएको सभापति रोहिताले जानकारी दिनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी सप्तरीका संगठन प्रमुख शिवकुमार यादव र सप्तरी क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पुष्पा चौधरीको विशेष उपस्थितिमा भेला आयोजना गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय