सकारात्मक ‘वर्ड अफ माउथ’ ले बढ्दैछन् ‘काजी’ फिल्म हेर्ने दर्शक
kalakarmi.com · Tue May 26 05:11:17 GMT 2026

काठमाडौं- गत शुक्रवार देखि प्रदर्शन भएको नेपाली फिल्म ‘काजी’ लाई दर्शकले रुचाएका छन् । अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारी अभिनित विशुद्ध प्रेमकथामा आधारित फिल्मले मन छोएको प्रतिक्रिया दर्शकले दिईरहेका छन् । फिल्म हेर्न आएका दर्शकले फिल्ममा देखाईएको प्रेम कथाको चर्चा गरेका छन् ।
फिल्ममा अभिनेता विपिन कार्की (काजी) र अभिनेत्री केकी अधिकारी (कजिनी) को भूमिकामा छिन् । कजिनीसँगको प्रेमका कारण काजीले के कस्ता त्यागसम्म गर्छन् भन्ने फिल्ममा देखाईएको छ । काजीको प्रेम ‘मुना मदन’ र ‘रोमियो एण्ड जुलियट’ जस्तै अमर हुने दर्शकको भनाइ छ । फिल्म हेर्ने दर्शकले ‘वाह १ काजीको जस्तो ओ प्रेम’, ‘श्रीमान् होस् त काजीको जस्तो’ लगायतका प्रतिक्रिया दिईरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
काठमाडौँ