मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस नेता गिरि आईसीयूमा

annapurnapost.com · Sat Aug 20 00:30:00 GMT 2022

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ। साउन दोस्रो साता ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएपछि आईसीयूमा सारेर उपचार जारी राखिएको युवा नेता रत्न कार्कीले बताए।

गिरिको स्वास्थ्यमा थप समस्या भएकाले शुक्रबार दिउँसोदेखि कसैलाई भेट्न नदिइएको कार्कीको भनाइ छ। गिरिलाई स्वास्थ्यमा समस्या देखिएपछि गत वर्ष साउनमा उपचारका लागि भारतको मुम्बई लगिएको थियो। करिब एक वर्ष उपचार गरेपछि उनलाई साउनमा नेपाल ल्याइएको थियो। घाँटीमा क्यान्सर भएका उनलाई निमोनियाले पनि च्यापेपछि मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)