७६३ प्रहरी जवान सहायक हवल्दारमा बढुवा सिफारिस
barnanmedia.com · Mon Dec 23 22:23:07 GMT 2024

जनपद प्रहरी समूहतर्फ प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा ७६३ जना प्रहरी जवानहरूको बढुवा सिफारिस सूची प्रकाशित भएको छ।
गृह मन्त्रालयअन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालयको बढुवा सिफारिस शाखाले प्रकाशित सूचनाअनुसार, मिति २०८०/०८/०८ गतेको बढुवा समितिको निर्णयका आधारमा सिफारिस सूची सार्वजनिक गरिएको हो। नेपाल प्रहरी नियमावली, २०७१ को नियम २९ को उपनियम ९३० बमोजिम सूची तयार पारिएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)