मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

युवालाई विदेश पलायन हुनबाट रोक्न जरुरी

barnanmedia.com · Mon Aug 12 23:14:54 UTC 2024

देशका युवालाई विदेश पलायन हुनबाट रोक्न जरुरी रहेकामा वक्ताहरूले जोड दिएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज यहाँ भरतपुर महानगर युवा सञ्जालले आयोजना गरेको अन्तरक्रियामा सरकारले स्वदेशमै अवसरको सिर्जना गरेर युवालाई रोजगारीका लागि विदेशिनबाट रोक्नुपर्नेमा जोड दिएका हुन् ।

भरतपुर महानगरपालिका–२३ का दीपक लम्सालले युवालाई स्वरोजगार बनाउन तीनै तहका सरकारले अवसर सिर्जनामा लाग्नुपर्ने बताउनुभयो । स्वरोजगार बन्न चाहाने युवालाई स्थानीय सरकारले सहजीकरणसहित सहयोग गर्न सके विदेश पलायन हुनबाट रोक्न सकिने उहाँ भनाइ थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)