घरबासले बदल्यो रामकोटको आयस्तर
gorkhapatraonline.com · Tue May 26 05:14:34 GMT 2026

मगर समुदायको बाक्लो बसोबास रहेको बन्दीपुर गाउँपालिका–३ को रामकोट गाउँको पहिचान र बासिन्दाको आयस्तर घरबास (होमस्टे) सञ्चालनपछि परिवर्तन भएको छ । वि.सं. २०७५ देखि सुरु भएको होमस्टेका कारण पहिले घरखर्च चलाउन मुस्किल पर्ने यहाँका महिलाहरू अहिले पर्यटकको स्वागत–सत्कारसँगै आयआर्जन गरी आत्मनिर्भर बन्न थालेका छन् ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बन्दीपुर बजारमा केन्द्रित पर्यटनलाई गाउँसम्म पुर्याउन गत वर्ष गरिएको ‘बन्दीपुर भ्रमण वर्ष’ को प्रचारप्रसारपछि रामकोटमा पर्यटकको चहलपहल बढेको बताउनुभयो । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष बैसबहादुर गुरुङका अनुसार ग्रामीण पर्यटकीय सर्किटको प्रवर्द्धनले पनि पर्यटक रामकोट जाने क्रम बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)