बाढीपहिरो पीडितलाई राहत र पुनःस्थापनामा सत्ता पक्ष र विपक्ष एक मत
ratopati.com · Mon Oct 21 17:56:00 UTC 2024

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षीसहित विपक्षी दलबीच बाढीपहिरो र डुबानका घटनापछिको राहत र पुनःस्थापनामा आपसमा मिलेर प्रभावकारी रुपमा काम गर्न सहमत भएका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा सोमबार पाँच विपक्षी दलको ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीमा मागपत्र र सुझाव प्रस्तुत हुनु संवाद एवं छलफल हुनु सकारात्मक प्रक्रिया भएको बताए । उनले विपक्ष दललाई ध्यानाकर्षणपत्रका लागि धन्यवाद दिँदै राहत र पुनःस्थापनाका लागि सरकारले आफ्नो तर्फबाट प्रभावकारी काम गर्दै आएको स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)