मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अमेरिकी डलर, रियाल, दिराम, रिङ्गेटको भाउ बढ्यो, कतिको मूल्य कति ?

ratopati.com · Mon Dec 23 23:18:00 GMT 2024

काठमाडौं । नेपाल राष्ट्र बैंकले केही हेरफेर गर्दै आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । अष्ट्रेलियन डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, हङ्कङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य पनि बढेको छ ।

केन्द्रीय बैंकले तय गरेको विनिमयदरअनुसार युके पाउण्ड स्टर्लिङ, स्विस फ्रयाङ्क, क्यानेडियन डलर, जापानी येनको मूल्य भने घटेको छ । निर्धारित दर अनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ५० पैसा कायम भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)