यथाशिघ्र नगरसभा बस्नुपर्ने माग गर्दै वडाध्यक्ष आन्दोलित
barnanmedia.com · Mon Aug 12 23:26:48 UTC 2024

काठमाडौँ, २८ साउन : सिराहाको धनगढीमाई नगरपालिकाको नगरसभा मिति यथाशिघ्र तय गर्न माग गर्दै वडाध्यक्षहरू आन्दोलित भएका छन् । आज एक विज्ञप्ति जारी गर्दै बहुसङ्ख्यक वडाध्यक्षले संयुक्त रूपमा तीन सुत्रीय मागअघि सार्दै आन्दोलनको घोषणा गरेका हुन् ।
विज्ञप्तिमा सेवा प्रवाह र दैनिक प्रशासनिक कार्यलाई चुस्तदुरुस्त बनाउन अनुगमन तथा सुपरीवेक्षण कार्य गर्न छुट्टै संयन्त्र निर्माण गर्नुपर्ने, नगरपालिकामा देखिएका समस्या समाधान गर्न यथाशिघ्र कार्यपालिका बैठक आह्वान गर्नुपर्ने र नगरसभाको मिति तय गर्नुपर्ने माग राख्दै २४ घण्टे अल्टिमेटम दिएका छन् । नगरपालिकाका १४ वडाध्यक्षमध्ये १० जना यस्तो संयुक्त हस्ताक्षरसहित यस्तो माग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)