मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कृषि कर्ममा रमाएका भोजपुरका युवा सुगम

rajdhanidaily.com · Mon Aug 12 23:38:08 UTC 2024

भोजपुर । भोजपुरमा व्यावसायिक कृषिमा लाग्ने युवाहरुको सङ्ख्या बढ्दै गएको छ । युवाहरुले स्वदेशमा नै कृषि व्यवसायबाट मनग्य आम्दानीसमेत गर्दै आएका छन् । आफ्नो गाउँघरमा नै केहि गर्ने लक्ष्यले भोजपुरको पौवादुङमा गाउँपालिका ६ ठुलोदुम्मा छिदुवाका २७ वर्षीय युवा सुगम राई व्यावसायिक रुपमा बंगुरपालन र फलफूल खेतीमा जुटेका छन् । व्यवसायी राईले सेन्मायुङ कृषि तथा पशुपालन फर्म दर्ता गरेर व्यावसायिक रुपमा बंगुरपालन, कागती, एभोकार्डो, आप, अनार, लिचीलगायतको खेती गर्दै आएका छन् ।

बंगुर फर्मबाट उत्पादन हुने मलको सदुपयोग गर्ने लक्ष्यले बंगुरपालनसँगै फलफूल खेती गरिरहेको उनले बताए । व्यवसायी राईको फर्ममा अहिले ४१ वटा बंगुर रहेका छन् । अहिले बंगुर विक्रीबाट वार्षिक रुपमा छदेखी आठ लाखसम्मको आम्दानी हुने व्यवसायी राईको भनाइ छ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)