मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कपिलवस्तुमा बस दुर्घटना : ३८ जना घाइते

baahrakhari.com · Tue May 26 05:27:30 GMT 2026

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–४, बरईपुरस्थित तौलिहवा–बहादुरगन्ज हुलाकी सडकखण्डमा मंगलबार (जेठ १२) बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको बस सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि उद्धार गरी उपचारका निम्ति घाइतेलाई जिल्ला अस्पताल तौलिहवा पठाइएको थियो । घाइतेमध्ये ३५ जनालाई थप उपचारका निम्ति भैरहवास्थित विभिन्न अस्पतालमा ‘रिफर’ गरिएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय