मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कालीकोटमा रोप्न ढिलाइ

gorkhapatraonline.com · Fri Jun 19 00:57:11 GMT 2026

विगतका वर्षमा असारको पहिलो सातामा कालीकोटमा आधाआधी खेतमा रोपाइँ भइसक्थ्यो । अहिले असारमा चर्को खडेरीले गर्दा कालीकोटका खेतमा धान रोप्न ढिलाइ भएको छ ।

रास्कोट नगरपालिकाका किसान असार महिना लागिसक्दा आकाशमा हेरेर दिन बिताइरहेका छन् । कहिले पानी पर्ला र रोपाइँ गरौँला भनेर उनीहरू बसिरहेका छन् । रास्कोट नगरपालिका–१ का छत्रबहादुर बमले धान रोप्ने जिउला असारको पहिलो सातामा रोपाइँ भइसक्ने गरेको स्मरण गर्दै अहिले आकाश हेर्दैमा दिन बितेको बताउनुभयो । कुलोको पानीले बल्लतल्ल चार गरा रोपे पनि धेरै जसो आकासे पानीको भर पर्नु परेको उहाँले जनाउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)