अफगानिस्तानमा सरकारी कर्मचारीहरूलाई स्मार्टफोन प्रयोगमा प्रतिबन्ध
barnanmedia.com · Fri Jun 19 00:52:32 GMT 2026

काठमाडौं । अफगानिस्तानमा सरकारी कर्मचारीहरूलाई स्मार्टफोन प्रयोगमा प्रतिबन्ध लगाइएको छ । तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादाको नयाँ आदेशपछि देशका विभिन्न क्षेत्रमा सरकारी कर्मचारीहरूले स्मार्टफोन प्रयोग बन्द गर्न सुरु गरेका छन् ।
सामाजिक सञ्जालमा अफगानिस्तानको सर्वोच्च अदालतको प्रतीक चिह्न अंकित एक पत्र सार्वजनिक भएको छ, जसअनुसार सैन्य तथा नागरिक दुवै निकायका साना–ठूला सबै सरकारी कर्मचारीहरूका लागि १७ जुनदेखि कार्यालयभित्र स्मार्टफोन प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)