२५ लाखभन्दा बढीको सेयर किन्दा विवरण बुझाउन राष्ट्र बैंकको निर्देशन
kendrabindu.com · Fri Jun 19 01:07:49 GMT 2026

काठमाडौं । एकै पटक वा पटक–पटक गरी बैंक तथा वित्तीय संस्थामा चुक्ता पुँजीको कुल ५ प्रतिशत वा २५ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको संस्थापक सेयर खरिद वा नामसारी गर्दा वास्तविक धनी तथा हिताधिकारीको विस्तृत विवरण राष्ट्र बैंकमा बुझाउनुपर्ने भएको छ ।
राष्ट्र बैंकले बिहीबार निर्देशन जारी गरेर बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर खरिद तथा नामसारी प्रक्रियामा पारदर्शिता बढाउन नयाँ व्यवस्था गरेको हो । निर्देशनमा सेयर खरिदकर्ता वा हिताधिकारी व्यक्तिको नाम, ठेगाना, पारिवारिक विवरण, व्यवसायसम्बन्धी कानुनी मापदण्ड पूरा गरेको स्वघोषणा तथा वास्तविक धनीको विवरण लिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यी विवरण सुरुमा बैंक तथा वित्तीय संस्थाले लिए पनि राष्ट्र बैंकसमक्ष समेत पेस गर्नुपर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)