बोस्नियामाथि स्विट्जरल्यान्डको सानदार जित
neplays.com · Fri Jun 19 01:02:00 GMT 2026
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत भएको रोमाञ्चक खेलमा स्विट्जरल्यान्डले पहिलो जित दर्ता गरेको छ। अमेरिकाको लस एन्जलसस्थित सोफाइ स्टेडियममा सम्पन्न खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै स्विट्जरल्यान्डले स्पष्ट ३ अंक जोडेको हो।
स्विट्जरल्यान्डको जितमा जोहान मान्जाम्बीले दुई गोल गरे भने रुबेन वर्गास र कप्तान ग्रानिट जाकाले एक–एक गोलको योगदान दिए। बोस्नियाका लागि एर्मिन माहमिकले एक सान्त्वना गोल फर्काए। खेलको पहिलो हाफ प्रतिस्पर्धात्मक रहे पनि दोस्रो हाफमा गोलको वर्षा भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)
फिफा
काठमाडौँ