चालु आर्थिक वर्षमा काभ्रे प्रशासनबाट आठ हजार नागरिकता जारी
himalpress.com · Fri Jun 19 01:07:29 GMT 2026

काभ्रेपलाञ्चोक- जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकद्वारा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म आठ हजार ६० नयाँ नागरिकता जारी गरेको छ। सोही अवधिमा २७ हजारभन्दा बढी जिल्लाका नागरिकले राष्ट्रिय परिचयपत्रका लागि आवेदन गरेको जनाइएको छ।
कार्यालयद्वारा सार्वजनिक चालु आवको ११ महिनाको कार्यप्रगति विवरण अनुसार हालसम्म २० जनाले आमाको नामबाट नागरिकता लिएका छन् भने नयाँ नागरिकता लिनेभन्दा प्रतिलिपि बनाउनेको सङ्ख्या यस वर्ष पनि अधिक रहेको पाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)