प्रधानमन्त्री ओली र समाजवादीका अध्यक्ष नेपालबीच बालुवाटारमा भनाभन
barnanmedia.com · Mon Oct 21 21:54:34 UTC 2024

प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच बालुवाटारमा भनाभन भएको छ। ज्ञापनपत्र बुझाउन बालुवाटार पुगेका बेला ओली–नेपालबीच भनाभन भएको हो।
भनाभनको विषय भने एमाले–एकीकृत समाजवादीबीचको तीतो सम्बन्ध होइन, पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पक्राउ पर्नुअघि दिएको भिडिओ सन्देश बन्न पुग्यो। गत शुक्रबार पक्राउ पर्नुअघि लामिछानेले भिडिओ सन्देशमार्फत् ‘सरकार मर्यो, हामीलाई जुठो पर्यो’ भनेका थिए। त्यो भिडियो सन्देशमा लामिछानेले तस्करले दिएको तीन करोडको घडी हातमा लगाएर ओलीले आफ्नो हातमा हतकडी लगाएको आरोप पनि लगाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)