उद्घाटन भएको नौ महिनामा पनि चल्न सकेन आइसिपी
nayapatrikadaily.com · Thu Feb 29 00:28:00 GMT 2024
नेपालगन्जस्थित एकीकृत भन्सार जाँच चौकी (आइसिपी) उद्घाटन भएको करिब नौ महिना पुगिसकेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २० जेठ ०८० मा भारतको दिल्लीबाट संयुक्त रूपमा उद्घाटन गरेको आइसिपी अझै सञ्चालनमा आउन सकेको छैन ।
उद्घाटनका वेला दुई देशका मालवाहक गाडी वारपार गराइयो । दुई देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेपछि दुवै देशले आ–आफ्नो क्षेत्रमा औपचारिक कार्यक्रम गरेर आइसिपी छिट्टै नियमित सञ्चालन गर्ने उद्घोषसमेत गरे । आइसिपी सञ्चालनमा आउने भएपछि उद्योगी व्यवसायी मात्र नभई सर्वसाधारणले समेत खुसियाली मनाए । तर, उद्घाटन भएको नौ महिना वित्दासमेत सञ्चालन अनिश्चित भएको छ । आइसिपी सञ्चालन कहिलेदेखि हुन्छ भन्ने निश्चित नभएको भवन डिभिजन कार्यालय नेपालगन्जका प्रमुख विजयकेशर खनालले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)