‘ओलीको बुध्दिले नेकपा फुट्यो’
janaaastha.com · Fri Jul 23 16:35:35 GMT 2021
नेपालमा मार्क्सवादको व्याख्याता मानिने पुराना कम्युनिष्ट नेता मोहन वैद्य किरणले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजन र नेकपा एमालेभित्रको किचलोको निम्ति केपी ओली जिम्मेवार रहेको बताउनुभएको छ । ओलीको दम्भ र अहंकारका कारण नेकपा विभाजनमा पुगेको र नेकपाको सरकार ढलेको बैद्यको भनाई छ ।
हिजो राति एक राष्ट्रिय टेलिभिजनमा अन्तर्वार्ता दिँदै नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव वैद्यले ओलीको आफ्नै बिद्धिले सरकारबाट बाहिरिनुपरेको पनि बताउनुभयो । ‘ओलीजीको बिद्धि नभएकाले नेकपा फुट्यो । त्यत्रो नेता भएर उहाँले मिलाउनुपर्थ्यो । पार्टी फुटेपछि सरकार जान्छ भन्ने उहाँलाई थाहा थियो,’ उहाँले भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)